काठमाडौँ । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको कायम मुकायम सीईओ पदको जिम्मेवारी न्यौपानेलाई दिएको हो ।
कामु सीईओ भागनागरायाण साहुले मंसिर २४ बाट स्वऐच्छिक अवकास लिएपश्चात् उक्त जिम्मेवारी न्यौपानेलाई दिईएको हो ।
२०५५ सालमा लघुवित्त क्षेत्रमा निर्घन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदमा सेवा प्रवेश गरी २०६१ सालमा नेरुडे लघुवित्त संस्थामा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने हालसम्म लघुवित्त क्षेत्रमा नै अनवरतरुपमा कार्यरत रहेका छन् । साविक नेरुडेमा जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिव पदमा काम गरेका न्यौपानेसंग मर्जरपश्चात नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहको जिम्मेवारी बहन गरिसकेको अनुभव रहेको छ ।
करिब अढाई दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका न्यौपाने एक अनुभवी लघुवित्तकर्मी हुन् । उनी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधिनमा रही संस्थाले उत्कृष्ट सेवा प्रदान गरी शेयर धनीहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने र कर्मचारीहरुको उचित व्यवस्थापन हुने विश्वास सञ्चालक समितिले लिएको छ ।
लघुवित्तका अनुभवी न्यौपानेले अहिलेको वद्लिदो परिस्थितिमा आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, थप सुदृढ गर्ने, ग्राहक सेवाहरूलाई नयाँ र सुरक्षित प्रविधियुक्त बैङ्किङका सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा लघुवित्तको सम्मानजनक उपस्थितलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्