Skip to content
LAXMI SUNRISE BANK

कुथेली बुखरीको लाभांश घोषणा, कति दिने भयो ?

अर्थ सरोकार

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभांश साधारण सभाबाट पारित हुन बाँकी छ । कम्पनीले यसअघि आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत बोनस सेयर दिएको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी २५ लाख रुपैयाँ नाफामा छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार सात सय ८० रुपैयाँ छ । यसपालि कम्पनीले घोषणा गरेको लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK