काठमाडौँ । बैंकहरुले ब्याजदर घटाएका छन् । पुसका लागि नयाँ ब्याजदर प्रकाशित गर्दै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरुले मंसिरको तुलनामा पुसका लागि निक्षेपको ब्याजदर थप घटाएका हुन् । राष्ट्र बैंकले नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा झारेको थियो ।
नीतिगत दर घटेसँगै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२० प्रतिशतले घटाएका छन् । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.०४०५ प्रतिशत थियो भने पुसमा ४.८३४ प्रतिशतमा झरेको छ । पुसमा बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएसँगै कर्जाको ब्याजदर पनि थप घट्ने भएको छ ।
पुसमा २० मध्ये १३ वाणिज्य बैंक (कृषि विकास बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सानराइज बैंक, नेपाल बैंक, कुमारी बैंक, सानिामा बैंक, प्राइम कमर्सियल बैंक र एसबीआई बैंक)ले ब्याजदर घटाएका छन् ।
त्यस्तै, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्