काठमाडौँ । नेपाल क्याब एण्ड रिसर्च प्रालिले ‘याङ्गो प्रो’का राइडरलाई ज्याकेट उपहार दिएको छ । ‘याङ्गो प्रो’ र नेपाल क्याबबीचको सहकार्यको उपलक्ष्यमा राइडरलाई ज्याकेट उपहार दिइएको नेपाल क्याबका सञ्चालक शेषराज पौडेलले बताएका छन् ।
‘याङ्गो प्रो’सँगको सहकार्यसँगै नेपाल क्याब ‘याङ्गो प्रो’को फ्लिट पार्टनर बनेको छ ।
सोमबार एक कार्यक्रमकाबीच नेपाल क्याबका सञ्चालक पौडेलले राइडरहरुलाई ज्याकेट उपहार दिएका हुन् । ज्याकेट उपहार दिँदै उनले आगामी दिनमा राइडरको सुविधाका लागि थप योजना र स्किम ल्याउने घोषणा समेत गरेका छन् ।
नेपाल क्याबमार्फत ‘याङ्गो प्रो’मा जोडिएका राइडरहरुलाई सहज सेवा मात्र नभएर मेकानिकल रुपमा पनि सहयोग गर्ने पौडेलले बताएका छन् । ‘हामीसँग जोडिएका राइडरलाई सकेजति सुविधा दिनेछौँ ।’, उनले भने, ‘यात्राका क्रममा गाडी बिग्रिए मेकानिक पठाउँछौँ । सम्भव भए बाटोमै रिपेयर गर्छौं, नभए वर्कसपमा ल्याएर सहुलियत मूल्यमा मर्मत पनि गरिदिन्छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्