काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाको वडा नं. ३ र वडा नं. ६ मा दुई स्वास्थ्य चौकी भवनको निर्माण हेतु ईन्द्रावती गाउँपालिकाका अध्यक्ष श्री झम्क नाथ नेपाल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
ईन्द्रावती गाउँपालिकाको वडा नं. ३ र वडा नं. ६ मा रहेका स्वास्थ्य चौकी भवनहरु भारत सरकारको करिब नेरु. ४ करोडको कुल आर्थिक सहयोगमा निर्माण गरिँदैछन् । यी स्वास्थ्य चौकीहरुमा उपयुक्त सुविधाहरु सहितको दुई तल्ले भवनहरु हुनेछन् । यी परियोजनाहरुलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका मार्फत कार्यान्वयन गरिनेछ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरुले निर्माण हुने नयाँ स्वास्थ्य पूर्वाधारले सो क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार अभिवृद्धि गर्नुका साथै विकास र प्रगतिका लागि नेपाल सरकारले चालेको प्रयासलाई बढावा दिन भारत सरकारले गरेको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्