काठमाडौँ । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दालाई सेयर दिन आयोजना तयार भएको हो ।
निजी क्षेत्रबाट करिब रु २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।
आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर तामाङले स्थानीयबासिन्दालाई सेयर दिने सन्दर्भमा आयोजनाका तर्फबाट जानकारीसहित पत्र प्राप्त भएसँगै विरोधका कार्यक्रम स्थागित भएका जानकारी दिए । स्थानीयस्तरको जल, जङ्गल र जमिन एवं प्राकृतिक स्रोेत परिचालन गरी निर्माण भएका वा गराउँदा तयार हुने सबै प्रकारका संरचनासँग सम्बन्धित गतिविधिमा प्रभावित पक्षलाई प्राथमिकताका साथ सेयर दिनुपर्ने माग स्थानीयले उठाउँदै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्