Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारले निःशुल्क वैदेशिक रोजगारीमा पठाउने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले जेन-जी आन्दोलनका घाइते र मृतकका परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने भएको छ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका मृत्युवरण गरेकाहरुका परिवारका सदस्यलाई सरकारले निःशुल्क वैदेशिक रोजगारीमा पठाउने भएको हो ।

आन्दोलनका घाइते र मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहे निःशुल्क पठाउने व्यवस्था मिलाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  । 

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जान चाहेको खण्डमा घाइते र मृतकका परिवारलाई म्यानपावर व्यवसायीसँग समन्वय गरी निःशुल्क पठाउने व्यवस्था मिलाइनेछ । तर, स्वदेशमै बस्न चाहनेको हकमा भने सीपमुलक तामिल दिइने मन्त्रालयले जनाएको छ  ।

स्वदेशमै केही गर्छु भन्नेहरुलाई व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमार्फत सीपमूलक तालिम प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK