काठमाडौँ । अमेरिकाले फेरी ७५ जना नेपालीलाई देश निकाला गरेको छ । अमेरिकामा अवैध रुपमा बस्दै आएका र कानूनको पालना नगरेका ७५ जना नेपालीलाई अमेरिकाले देश निकाला गरेको हो ।
अमेरिकाबाट देश निकालामा परेका ७५ जना नेपालीमध्ये ७२ जना पुरुष र ३ जना महिला छन् ।
देश निकालामा परेका ७५ जनामध्ये अधिकांश अवैध बाटो हुँदै अमेरिका पुगेकाहरु रहेको पाइएको छ । दुई जना भने भिजिट भिसामा गएर उतै बसेकाहरु छन् । त्यस्तै, ३० वर्षदेखि अमेरिका बस्दै आएका तर पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्ट भएका छन् ।
यसरी अमेरिकाबाट देश निकालामा परेकाहरुलाई चार्टर्ड विमानमार्फत काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएर छोडिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्