Skip to content
LAXMI SUNRISE BANK

रिलायन्स स्पिनिङ मिल्सको आइपिओः १ घण्टा नबित्दै ‘ओभर सब्सक्राइब’ !

अर्थ सरोकार

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आइपिओ १ घण्टा पनि नबित्दै ‘ओभर सब्सक्राइभ’ भएको छ । सोमबारदेखि सर्वसाधारणका लागि खुला भएको कम्पनीको आइपिओ ४० मिनेटमै ‘ओभर सब्सक्राइब’ भएको हो । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपिओमा १०ः४० सम्म २१ हजार ९ सय ५३ जनाले ११ लाख ५६ हजार ४ सय ८० कित्ताको लागि आवेदन दिएका थिए ।

जबकी कम्पनीले सर्वसाधारणका लागि १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको थियो । यसअघि कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर संस्थागत लगानीकर्ताको लागि बाँडफाँड गरिसकेको छ । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको सेयर समेत बाँडफाँड गरिसकेको छ । हाल सर्व साधारणका लागि जारी गरिएको आइपिओमा एक घण्टा नबित्दै माग भन्दा बढी आवेदन परिसकेको छ ।  कम्पनीको आइपिओमा आवेदन दिने म्याद पुस ७ गतेदेखि ११ गतेसम्म तोकिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK