Skip to content
LAXMI SUNRISE BANK

विदेशमा रहेका नेपालीले भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार, अन्तरजिल्ला मतदान र ‘नो भोट’को विकल्प राखिने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चार वटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिएका हुन् ।

उनले सर्वोच्च अदालतको फैसलासहित विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानूनहरू संशोधन भइरहेको जानकारी दिएका छन् । उनका अनुसार विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन ‘निर्वाचन ऐन, २०७३’ र ‘मतदाता नामावली ऐन’मा आवश्यक संशोधन समेत गरिएको छ ।

संशोधन प्रश्तावमा मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समेत समावेश गरिएको काफ्लेले जनाएका छन् । उनले अन्तरजिल्लाबाट समानुपातिक, प्रत्यक्ष वा दुवैतर्फ मतदान गर्न सकिने व्यवस्था गरिने समेत जानकारी दिएका छन् ।

त्यस्तै, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयनको चरण रहेको समेत सहसचिव काफ्लेले जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK