काठमाडौँ । माघदेखि पाँच लाख भन्दा बढीको नगद कारोबार गर्न नपाइने भएको छ । सरकारले सम्पत्ति शुद्धीकरण निवारणमा सघाउन, नगद कारोबारलाई निरुत्साहित र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सरकारले माघदेखि पाँच लाख वा सो भन्दा बढीको नगद कारोबार गर्न नपाइने निर्णय गरेको हो ।
हाल विद्यमान व्यवस्था अनुसार १० लाख वा सो भन्दा बढीको नगद कारोबार गर्न पाइन्छ । तर, सुशीला कार्की नेतृत्वको सरकारले सो सीमा घटाएर पाँच लाख कायम गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त निर्णय राजपत्रमा प्रशासन भने हुन बाँकी छ । उक्त निर्णय राजपत्रमा प्रकाशन भएपछि सोही अनुसार नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्नेछ । सोही निर्देशन अनुसार पाँच लाख भन्दा बढीको नगद कारोबार गर्न नपाइने नयाँ व्यवस्था कार्यान्वयन हुनेछ ।
यसअघि २०७४ साउन १ गतेदेखि सरकारले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सो भन्दा बढी मुल्यको सेवा वा वस्तुको खरिदबिक्री गर्दा नगद कारोबार गर्न नमिल्ने व्यवस्था गरिएको थियो । हाल सो सीमा पनि घटाएर पाँच लाखमा झारिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्