Skip to content
LAXMI SUNRISE BANK

४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK