काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले कुलमानसँग फेरि वार्ता गर्ने भएका छन् । आइतबार मध्यरातसम्म भएको वार्ताबाट सहमति नभएपछि आज फेरि वार्ता गरिने भएको हो ।
रास्वपाका एक नेताका अनुसार आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन भएकाले अन्तिम पटक सहमतिको प्रयास हुन लागेको छ ।
यसो त रास्वपाले कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीसँग यसअघिदेखि नै एकताको प्रयास गरेको थियो । तर, उम्मेदवार र नेताको बरियातका विषयमा सहमति नहुँदा एकता हुन सकेको थिएन । यद्यपि अहिले पनि यी दुई विषयमै सहमति हुन नसकेको रास्वपा नेताको दाबी छ ।
उज्यालो नेपाल पार्टी भने प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि एकताको लागि वार्ता गरेको थियो । तर, उक्त वार्ता पनि सहमतितर्फ उन्मुख नभएको उज्यालो नेपाल पार्टीका एक नेताले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्