Skip to content
LAXMI SUNRISE BANK

सोमबार १०.५३ अंकले घट्यो नेप्से परिसूचक, बजार २६२२.८८ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार SYPNLको भएको छ । यस कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK