काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताएकी छिन् । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोमबार भएको छलफलमा उनले स्वास्थ्य बीमालाई दिगो बनाउन विज्ञ सहितको समिति गठन गरी समस्या र चुनौतीहरू पहिचान गरी निराकरणको थालनी गरिएको बताईंन् ।
‘सरुवा रोग तथा नसर्ने रोगको वर्तमान अवस्था, स्वास्थ्य बीमाको कार्यान्वयन र यसको समस्या तथा चुनौतीलगायत समितिले यसअघि दिएका निर्देशनहरूको कार्यन्वयनको प्रगति अवस्था’ बारे केन्द्रित छलफलमा डा. गौतमले स्वास्थ्य बीमा झन्झटिलो प्रक्रिया बनेकामा यसलाई हटाउन होइन मिलाउनमा लागिपरिरहेको बताईंन् ।
मन्त्री गौतमले भनिन्, ‘स्वास्थ्य बीमा बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन गर्नुपर्नेछ । बीमा ऐनको दफाहरूमा पनि धेरै परिमार्जन गर्नुपर्ने आवश्यकता छ त्यसमा पनि हामी विचार गर्देछौँ ।’
मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतसँग बृहत् छलफल गरी सुधारका कार्य द्रुत गतिमा अघि बढेको र स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भई कार्य भइरहेको छ । यसैगरी, मन्त्री गौतमले स्वास्थ्य बीमाबापत अस्पतालहरूलाई भुक्तानी हुन बाँकी सात अर्ब बक्यौता रकम अर्थ मन्त्रालयबाट निकासाका लागि पठाइएको बताए ।
डा. गौतमले स्वस्थ्य जीवनशैली तथा खानपानमा सुधार गरेर नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सबैजना लाग्नुपर्ने र यसलाई थप प्रचार तथा प्रबर्द्धनको आवश्यकता औँल्याए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्