Skip to content
LAXMI SUNRISE BANK

आईटी कम्पनीले विदेशमा लगानी गर्न २० हजार डलर सटही सुविधा निःसर्त पाउने

अर्थ सरोकार

काठमाडौँ । आईटी कम्पनीले विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःसर्त पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

योसँगै आईटी कम्पनीहरुले राष्ट्र बैंकबाट आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहेर आईटी सम्बन्धी क्षेत्रमा लगानी गर्न आवश्यक विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।

तर, आईटी कम्पनीले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने विनियमावलीमा उल्लेख छ ।

त्यस्तै, सेवा निर्यात गरेर आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबर विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुने विनियमावलीमा भनिएको छ । तर, विदेशमा सेवा निर्यात गर्ने कम्पनीले २० हजार डलरसम्म विदेशमा लगानी गर्दा भने सर्त पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK