Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ हजार ९ सय रुपैयाँले घटेर दुई लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३०५ रुपैयाँले घटेर प्रतितोला ४५९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २४ हजार ७ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९३५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK