Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले पुस १५ गतेदेखि संस्थापक सेयरधनी विद्यानन्द चौधरीको नाममा रहेको ६ हजार २८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK