Skip to content
LAXMI SUNRISE BANK

जाँचबुझ आयोगले भन्यो- ‘लेखकको जवाफ चित्त बुझेनन्, फेरि बयान हुन्छ’

अर्थ सरोकार

काठमाडौँ । जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग फेरि बयान लिने भएको छ । सोमबार बयान दिएका लेखको जवाफ चित्त नबुझेपछि आयोगले फेरि बयान लिने तयारी गरेको हो । 

भदौ २३ र २४ गते भएको घटनाबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले लेखकसँग फेरि बयान लिने तयारी गरेको आयोगका सदस्यले पुष्टि गरेका छन् ।

ती सदस्यका अनुसार सोमबार लखेकले आयोगमै पुगेर बयान दिए पनि जवाफ चित्त नबुझेपछि फेरि बयान लिने तयारी गरिएको छ । ‘लेखकजीले बयान त दिनुभयो तर उहाँका जवाफ चित्त बुझ्दो छैनन् ।’, उनले भने, ‘पहिल्यै तयार गरेर ल्याइएको लिखित बयानमा लेखकजीले आफ्नो बचाउ मात्र गर्नुभएको छ ।’

आयोगमा लिखित बयान प्रस्तुत गरेपछि पत्रकार सम्मेलन गर्दै आफ्नो बचाउ गरेका लेखकसँग सोध्नुपर्ने र बुझ्नुपर्ने अन्य थुप्रै प्रश्न भएकाले फेरि बयानमा बोलाइने आयोगका ती सदस्यले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK