Skip to content
LAXMI SUNRISE BANK

बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको छ । प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई माघ १ गतेदेखि सबै भुक्तानी अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा अभिकर्ताहरुलाई माघ १ गतेदेखि सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न निर्देशन दिएको छ । 

प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ अनुसार यस्तो निर्देशन दिएको जनाएको छ । निर्देशनमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुनेगरि भुक्तानी गर्नुपर्ने व्यवस्था छ । 

बीमा क्षेत्रमा हुने सम्पूर्ण कारोबारलाई डिजिटलाइज गर्नेगरी यस्तो निर्देशन जारी गरिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । यसअघि प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी वा श्रमिकलाई विद्युतीय प्रणालीमार्फत नै भुक्तानी गर्न निर्देशन दिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK