काठमाडौँ । नेपाली काँग्रेस संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले थापा र शर्मालाई ५ वर्षका लागि पार्टीबाट निष्काशित गर्ने घोषणा गरेको हो ।
थापा र शर्मासँगै पार्टीले सहमहामन्त्री फर्मुलाह मनसुरलाई पनि कारवाही गरेको छ ।
थापा र शर्मा र मनसुरलाई पार्टीको हितविपरीत काम गरेको निष्कर्षसहित साधारण सदस्य समेत नरहनेगरी पाँच वर्षका लागि पार्टीबाट निष्काशित गर्ने निर्णय भएको संस्थापन पक्षका एक नेताले बताएका छन् ।
त्यस्तै, केन्द्रीय समितिले थापा, शर्मा र मनसुरबाहेक विशेष महाधिवेशनको पक्षका लागेका अन्य नेताहरुलाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्