Skip to content
LAXMI SUNRISE BANK

विधिले गगनलाई सर्वसम्मत नेता मानेपछि निधि लगायतले गरे कारवाहीको फण्डा ! ‘रियल काँग्रेसमा अव गगन नै लिडर’

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेस संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले थापा र शर्मालाई ५ वर्षका लागि पार्टीबाट निष्काशित गर्ने घोषणा गरेको हो । 

थापा र शर्मासँगै पार्टीले सहमहामन्त्री फर्मुलाह मनसुरलाई पनि कारवाही गरेको छ । 

थापा र शर्मा र मनसुरलाई पार्टीको हितविपरीत काम गरेको निष्कर्षसहित साधारण सदस्य समेत नरहनेगरी पाँच वर्षका लागि पार्टीबाट निष्काशित गर्ने निर्णय भएको संस्थापन पक्षका एक नेताले बताएका छन् ।

त्यस्तै, केन्द्रीय समितिले थापा, शर्मा र मनसुरबाहेक विशेष महाधिवेशनको पक्षका लागेका अन्य नेताहरुलाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK