Skip to content
LAXMI SUNRISE BANK

गगनलाई कारवाही गरेपछि काँग्रेसजनको नाराबाजी- ‘देउवा चोर ! देश छोड !’

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरेसँगै सभापति शेर बहादुर देउवाविरुद्ध नाराबाजी सुरु भएको छ । दोस्रो विशेष महाधिवेशन स्थलमै काँग्रेसका नेता कार्यकर्ताले देउवाविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले ‘देउवा चोर !, देश छोड’ भन्दै नाराबाजी गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरलाई कारवाही गर्ने निर्णय गरेको थियो । कारवाहीस्वरुप थापा, शर्मा र मनसुरलाई साधारण सदस्यसमेत नरहनेगरी पाँच वर्षका लागि पार्टीबाटै निष्काशित गर्ने घोषणा केन्द्रीय समितिले गरेको थियो ।

तर, अधिकांश काँग्रेस समर्थक तथा काँग्रेसका नेता तथा कार्यकर्ता थापा, शर्मा र मनसुरमाथि कारवाही गर्ने केन्द्रीय समितिको निर्णयको विरोधमा छन् । उनीहरुले देउवा लगायत संस्थापन पक्षका नेताविरुद्ध नारबाजी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK