Skip to content
LAXMI SUNRISE BANK

‘रुख चिन्ह र चारतारे झण्डा गगनसँग हुनेछ, शेरबहादुरहरु नाम मात्रका काँग्रेस’

अर्थ सरोकार

काठमाडौँ । गगन थापाले आधिकारिक काँग्रेस नै आफूहरु भएको बताएका छन् । शेरबहादुर देउवा समूहले कारवाही गरेलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले आधिकारिक काँग्रेस आफूहरु भएको बताएका हुन् ।

उनले आधिकारिक काँग्रेस विशेष महाधिवेशन पक्षधर नै भएको भन्दै अब ढुक्कसँग नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुला भएको बताएका छन् ।

त्यस्तै, थापाले विशेष महाधिवेशन पक्षधर नै काँग्रेस भएको र पार्टीको चुनाव चिन्ह रुख र चारतारे झण्डा आफूहरुसँगै भएको बताएका छन् । उनले निर्वाचन प्रक्रिया सकिएसँगै निर्वाचन आयोगमा जानकारी गराउने पनि बताएका छन् ।

यता, विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै विशेष महाधिवेशन पक्ष नै आधिकारिक काँग्रेस हुने र शेरबहादुर देउवा नाम मात्रका काँग्रेस हुने काँग्रेसी नेताहरुले प्रतिक्रिया दिएका छन् ।

गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुलाह मन्सुरलाई कारवाही गर्ने निर्णय गरेसँगै विशेष महाधिवेशन स्थलमा काँग्रेसीजनहरुले शेरबहादुर देउवाको विरुद्ध नाराबाजी गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK