Skip to content
LAXMI SUNRISE BANK

‘नेपालमा नेपालीको सरकार हुनुपर्दछ, विदेशीको होइन’- ओली

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्ने बताएका छन् । ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा विदेशीको सरकार नभएर नेपालीकै सरकार हुनुपर्ने बताएका हुन् । 

उनले उपलब्धि र संघर्ष दुवै सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै अझैपनि त्याग र बलिदान गर्नुपरेको बताए । अध्यक्ष ओलीले वर्तमान राजनीतिक संघर्षको मुख्य विषय नेपालमा नेपालीकै सरकार स्थापना गर्ने रहेको स्पष्ट पारे । उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएकाले यहाँ विदेशी होइन, नेपाली सरकार हुनुपर्ने धारणा राखे ।

उनले नेपालीकै सरकार हुनुपर्छ भन्ने शक्तिहरूमाथि आक्रमण भएको आरोपसमेत लगाएका छन् । उनले मनोबल कमजोर पार्न व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भवनमा आगजनी गरिएको तथा नेपाली अर्थतन्त्र बलियो हुनुपर्छ भन्ने उद्योग-व्यवसायहरूमा आक्रमण गरिएको बताएका छन् ।

अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK