काठमाडौँ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२, हायुटारस्थित बैंकको शाखामा भएको लुटपाटमा संलग्न रहेको आरोपमा ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङ पक्राउ परेका हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी बैंकको शाखा रहेको घ्याङलेख गाउँपालिका-२ का हुन् । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।
उक्त प्रकरणमा संलग्न रहेको आरोपमा बैंक बसेको घरका घरधनी छविलाल स्याङ्तान नै यो घटनाको मुख्य योजनाकार रहेको खुलासा भएको थियो । प्रहरीले घरधनी स्याङ्तान र माघ १ गते जंगलमा लुकिछिपी बसेका अर्का अभियुक्त घरधनीका जेठान चतुरमान बज्युलाई समेत पक्राउ गरिसकेको छ ।
प्रहरीले बैंक लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोक साविक फलामेटार-२ भई हाल बनेपा बस्ने सुमो चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख-२ का चतुरमान बज्यु, चितवन भरतपुरका सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्याका निरन गिरी र विवेक थापा, घरधनी छविलाल स्याङ्तान र एक जना १६ वर्षभन्दा कम उमेरका किशोरलाई समेत पक्राउ गरिसकेको छ ।
उनीहरुको साथबाट प्रहरीले लुटिएको नगदका साथै घटनामा प्रयोग भएका २ थान खुकुरी, १ थान प्लास्टिकको नक्कली पेस्तोल, ५ थान मोबाइल, १ थान ठूलो टेप, ३ थान कालो नकाब, १ थान रातो नकाब र एक जोर कालो पञ्जा समेत बरामद गरेको थियो । उनीहरुले २९ पुसको राति साढे ७ बजेतिर खुकुरी देखाउँदै सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बैंक लुटपाट गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्