Skip to content
LAXMI SUNRISE BANK

‘स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम भयो’ -प्रचण्ड

अर्थ सरोकार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताएका छन् । उनले भने, ‘अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ । सोसल मिडियामा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्नसकिन्छ ।’

उक्त कार्यक्रममा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।

संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको बताए । उनको अनुसार भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK