×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनपछी व्यापारमा बाढीको वितण्डा, स्मार्ट सिटीको सपनालाई लत्याउँदै धनगढी ‘डुबानगढी’ मा परिणत !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनपछी व्यापारमा बाढीको वितण्डा, स्मार्ट सिटीको सपनालाई लत्याउँदै धनगढी ‘डुबानगढी’ मा परिणत !

Artha Sarokar

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशैभरी गरिएको लकडाउनका कारण समस्यामा परेका व्यापारीहरु यतिबेला बाढी तथा डुबानको समस्यमाले थला परेका छन् । गएरातीदेखि परेको लगातारको वर्षाका कारण यतिबेला धनगढीको व्यापार चौपट बनेको छ । 
यतिबेला धनगढीका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । विगतकै वर्षदेखी रहँदै आएको डुबानको समस्याले यसपाली पनि धनगढीबासीलाई पिरोलेको छ । समयमै पानी निकासका लागि उचित पहल र व्यवस्थापन हुन नसक्दा बाढी तथा डुबानको समस्या यथावत रहेको स्थानिय विरभान चौधरीले बताए । उनले भने, ‘मैलै धनगढीमा व्यापार गर्न थालेको झण्डै ६ वर्ष भयो, प्रत्येकका वर्षमा यो समस्याले निकै चिन्तित बनाएको छ । वर्षायाममा त व्यापार घाटा स्वभाविकै हुन्थ्यो तर यसपाली त झनै ठुलो घाटा बेहोर्ने पक्का देखिएको छ ।’ 
मंगलबार रातीदेखि परेको वर्षाको प्रभाव धनगढी उपमहानगरपालिकाका अधिकांश ठाउँहरुमा परेको छ । लकडाउनमा ठप्प रहेको व्यापारमा केही आश पलाएको भएतापनि अहिलेको वर्षा र डुबानका कारण व्यापार चौपटै भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरमा व्यापार गर्दै आएकी निर्मला शाहीले बताईन् । ‘अत्याधिक वर्षा त्यसैमाथि पानिको निकास नहुँदा पसल नै डुबानमा परेको छ । कति समान त कामै नलाग्ने भएका छन्’, शाहीले भनिन् । 
विगतका वर्षहरुदेखी नै पानि निकासको योजना धनगढी उपमहानगरपालिकाको मुख्य एजेण्डाका रुपमा स्थापित भएको भएतापनि अझैसम्म उक्त समस्याको समाधानका लागि पहल भने भएको छैन । धनगढी उपमहानगरपालिकामा देखिएको डुबानको समस्याले धनगढी स्मार्ट सिटी सपनालाई चुनौती दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी