काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका-४ मा रहेको बासुकी माध्यामिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ । भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
भारतीय सरकारको ३.८ करोड रुपैयाँ आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको भारतीय राजदूतावासले जनाएको छ । उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना मेल्लेख गउाँपालिका, अछाममार्फत कार्यान्वयन गरिनेछ ।
भवन शिलान्यासका क्रममा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् ।
उनीहरुले नयाँ संरचनाले मेल्लेख गाउँपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइएको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने पनि विश्वास व्यक्त गरेका छन् ।
नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको भारतीय राजदूतावासले जनाएको छ । दूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारले निरन्तर सहयोग गर्ने पनि उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्