काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ मा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ । यही असार १ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।
चारवटा ब्लक र सम्बद्ध संरचनाहरूसहितको यो दुई तले छात्रावास भवनको निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको र मुस्ताङको लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको भारतीय दूतावासले जनाएको छ ।
लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । बौद्ध शिक्षाका अतिरिक्त विद्यालयले नेपाल सरकारको शैक्षिक प्रणाली अनुरुपको गुणस्तरीय पाठ्यक्रम समेत प्रदान गर्दै आएको जनाइएको छ । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले यस परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरे ।
लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन, तथा अन्य सरोकारवालाहरूले भारत सरकारको तर्फबाट प्रदान गरिने विकास सहयोगको प्रशंसा गरे । नयाँ पूर्वाधारले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको आवास सुविधा र समग्र सिकाइ वातावरणमा सुधार ल्याउन मद्दत पुग्ने उनकीहरूको भनाइ थियो ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू अघि बढाइसकेको छ । यीमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनाहरूसहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा ६३ वटा परियोजनाहरू रहेका छन् ।
विगतका वर्षहरूमा भारत सरकारले मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बससहित गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्