काठमाडौँ । भारत र नेपालबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप विस्तार र प्रभावकारी बनाउने उद्देश्यसहित ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) का बैठकहरू पोखरामा सम्पन्न भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार असार ३१ गते सम्पन्न जेएससीको १३औँ बैठकमा नेपाल सरकारका ऊर्जा सचिव सरिता दवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले संयुक्त रूपमा अध्यक्षता गरेका थिए । यसअघि असार ३० गते बसेको जेडब्ल्युजीको १३औँ बैठकमा नेपालका सहसचिव सन्दीप कुमार देव र भारतका विद्युत मन्त्रालयका सहसचिव (प्रसारण) पंकज कुमारले सह–अध्यक्षता गरेका थिए ।
बैठकमा जलविद्युत आयोजना विकास, सीमा पार विद्युत व्यापार तथा प्रसारण पूर्वाधारलगायत भारत-नेपाल ऊर्जा सहकार्यका विविध विषयमा विस्तृत समीक्षा गरिएको थियो ।
दुवै पक्षले ४०० केभी गोरखपुर-न्यू बुटवल प्रसारण लाइनसहित विभिन्न नयाँ प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन् । साथै, सञ्चालनमा रहेका तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा आवश्यक सहजीकरण गर्ने उपायबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा भारतीय र नेपाली विद्युत ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन (ग्रीन हाइड्रोजन) मा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा समेत छलफल भएको थियो ।
यसअघि असार ३० गते भारतका विद्युत सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग शिष्टाचार भेट गरी द्विपक्षीय ऊर्जा सहकार्यका विविध विषयमा छलफल गरेका थिए ।
बैठकमा भएका निर्णय तथा छलफलले भारत र नेपालबीच ऊर्जा क्षेत्रको साझेदारीलाई अझ सुदृढ बनाउन तथा भविष्यका ऊर्जा परियोजनालाई थप गति दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्