काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १ लाख ४ हजार कित्ता सेयरको बाँडफाँड सम्पन्न गरिसकेको छ ।
त्यस्तै, कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अवधि छिटोमा भदौ २५ गतेसम्म र पर्याप्त आवेदन नपरे ढिलोमा असोज ५ गतेसम्म रहनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्