Skip to content
LAXMI SUNRISE BANK

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका-७ घर भई हाल काठमाडौँको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिएका हुन् ।
पक्राउ परेका मडैमाथि जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK