काठमाडौँ । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ । निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि, उद्घाटनको निश्चित मिति भने सार्वजनिक भएको छैन ।
ललितपुर महानगरपालिका-१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
२०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमा काम सम्पन्न हुन सकेन ।
पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । यसले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
व्यस्त चक्रपथमा पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउनुका साथै दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो । लिफ्टसहितको संरचनाका कारण पनि यो पुलले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यस क्षेत्रका पैदलयात्रीलाई सडक वारपार गर्न थप सहज हुने अपेक्षा गरिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्