
- अर्थ सरोकार संवाददाता
डडेल्धुरा । सुदूरपश्चिममा डडेल्धुरा तरकारी खेतीका लागी प्रख्यात जिल्ला हो । यहाँ उत्पादन हुने तरकारी बैतडी, बझाङ, डोटी र तराईका जिल्ला हुदै राजधानी सम्म पुग्छ । डडेल्धुराका किसानहरुले बेमौसमी खेतीबाटै बार्षिक चार देखि पाँच लाख सम्म आम्दानी गर्दै आएका छन् । उनिहरुले तरकारी खेतीबाटै सहज तरिकाले जिवनयापन गरिरहेका छन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिका, अमरगढी नगरपालिका, अजयमेरु गाउपालिका तरकारीका लागी प्रख्यात मानिन्छन् । “गत साल यही सिजनमा मात्र झण्डै पाँच लाखको काँक्रा र तरकारी बेचेका थियौँ । तर यो साल भने लकडाउनले गर्दा काँक्रा लगाएतका तरकारी खेतमै कुहिएर फाल्नु परेको छ । बाली बीमा गरौँ भन्दा क्म्पनिहरु बीमा गर्न नै मान्दैनन्”,भागेश्वर ४ का प्रेम ओडले भने ।
डडेल्धुराका अधिकांश किसानहरुले बाली बीमा गरेका छैनन् । किसानहरुले बीमा गर्न ईच्छुक भएपनि बीमा कम्पनीले बीमा गर्न नमानेको डडेल्धुराका किसानले गुनासो गरेका छन् । “पटक पटक बाली बिमाका लागी धायौं तर कम्पनिले बीमाका लागी एकलौटी जमिन हुनुपर्छ भनेपछि बालीबीमाबाट बञ्चित भएका छौं”, भागेश्वर ४ का बलराम चटौतले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्