×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै व्यवसायी शुलभ अग्रवाल अदालत परिसरबाट पुन: पक्राउ ! (भिडियोसहित)

PRIME CA
GLOBAL IME BANK

२५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै व्यवसायी शुलभ अग्रवाल अदालत परिसरबाट पुन: पक्राउ ! (भिडियोसहित)

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाल जिल्ला अदालतबाट छुटेसँगै पुन: पक्राउ परेका छन् ।  काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरी उनलाई रिहाइ गरेपनि उनलाई प्रहरीले पुन: पक्राउ गरेको हो । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो । व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो ।

अव उनीविरुद्ध पुन: अर्को मुद्धा सुरु हुनेछ । यहि हिसावले उनी केहि महिना हिरासतमै बस्ने देखिएको छ। उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
कालोबजारी ऐन अन्तर्गतको एक वर्षसम्म कैद हुने मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्ने कानूनी व्यवस्था भए पनि जिल्ला सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध १ वर्ष भन्दा बढी कैद सजाय माग गरेकाले मुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो ।

उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: