Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३५ करोड रुपैयाँ लगानी गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले लगानी सम्बन्धी सुचना जारी गर्दै १ बर्षका लागि त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्तमा ३५ करोड ९७ लाख रुपैयाँ लगानी गर्न लागेको हो । 
केन्द्रिय बैंकले बाणिज्य बैंकहरुमा २८ करोड ७९ लाख रुपैयाँ, विकास बैंकमा ५ करोड ३९ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा १ करोड ७९ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ ।
राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा भएको रकम २०७७ जेठ १ गतेदेखि २०७८ जेठ १ सम्म लागि मुद्दती निक्षेप राख्न लागेको हो। राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ । 
यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले बैशाख १२ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK