
काठमाडौं । आफुलाई नम्बर १ दावी गर्ने एनआइसी एशिया बैंक लिमिटेडले श्रम ऐन मिच्दै कर्मचारीहरु निकालेको छ । पटक-पटक विज्ञापन गरी ५ महिने करारमा राखिएका कर्मचारीहरुलाई विना सूचना बैंकले श्रम ऐन मिच्दै निकालेको हो । यसरी निकालिएका कर्मचारीहरुमध्ये कतिपय अन्यत्र बैंक छोडेर एनआइसी एशिया बैंक आएका तर १५ दिन नपुग्दै निकालिएकाहरु पनि छन् । श्रम ऐन २०७४ को दफा १४० को १ (ख) मा उल्लेख भएअनुसार चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तिमा सात दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । तर बैंकले विना कुनै सूचना यसरी सयौं कर्मचारीहरु निकालेको छ ।


श्रम ऐनको व्यवस्थामा के छ ?

