
- रामु खनाल, शेयर बजार बिश्लेषक
पुष महिनाको यस्तो चिसो ठण्डीको समेत प्रवाह नगरी पूँजीबजारको बिकास र बिस्तारका लागि भन्दै लगानीकर्ता साथीहरू आमरण अनशनमा बसिरहनुभएको छ । उहाँहरुको आमरण अनशनको सफलता सहित सुस्वास्थको कामना ! अब लागौं आन्दोलनको विभिन्न आयामबाट समिक्षातर्फ ।
१- उहाहरुको एउटा माग छ , सम्बन्धित विभिन्न निकायका व्यक्तिहरुको राजीनामाको माग । जसले जे सुकै भनोस् आमरण अनशन बसेकै भरमा कसैले पनि राजीनामा दिदैन । यो केवल दवाब श्रीजनाको लागि बार्गेनिङ पोइन्ट मात्र हो । सम्भवत: वार्ता वा समस्या समाधानको समयमा उहाँहरु यो मागको सम्बन्धमा पछि हत्नुहुनेछ वा लचिलो हुनुहुनेछ ।
२- अहिले मुख्यत : पूँजीबजारसँग सम्बन्धित अम्बिका पौडेल, राधा पोख्रेल , उत्तम अर्याल र नवराज सुवेदी नेतृत्वका चारवटा संघसंगठनहरु छन् । केहि दिन पहिला एक बिज्ञप्ति मार्फत अम्बिका पौडेल र राधा पोख्रेलको नामै किटान गरि धोकाधडी गरियो भन्ने उल्लेख गरियो । जसको कारण एकता हुनुपर्ने ठाउमा उल्टै आपसमा फुटको अवस्था आयो । फलस्वरूप एकतामा जति बल हुन्छ फुटमा त्यति बल हुँदैन ।
३- ब्रोकर एसोसिएसनसँग समन्वय गरी कारोबार बन्द गराउनुपर्थ्यो । कारोबार बन्द हुँदा सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नैतिक दवाब पर्थ्यो । फलस्वरूप तत्कालै सरकार समस्या समाधान तर्फ लाथ्यो र चाडै निष्कर्ष निस्किन्थ्यो । तर कारोबार बन्द नगरी केवल अनशन मात्र बस्दा सरकारलाई त्यति दवाब परेन ।
४- बिशुद्द आर्थिक आन्दोलनमा राजनीति दलका नेता ल्याएर भाषण गराउँदा भलै अनशनकारी साथीहरूको मन सफा नै होला तर केहि लगानीकर्ताहरु यो आर्थिक आन्दोलन हो कि आर्थिक आन्दोलनको नाममा राजनीति हो भन्ने भ्रम श्रीजना गराएको छ ।
५- ‘बजार बढाउन लगानीकर्ता अनशनमा’ भनी केहि मिडियामार्फत अनर्गल प्रचार गरिएको छ । बजार बढाउन भन्नु नितान्त गलत हो । पूँजी बजारको बिकास र बिस्तारको लागि हो भनी सबैलाई बुझाउन सक्नुपर्छ ।
६- यस्तो चिसो मौसममा पनि आफ्नो स्वास्थको प्रवाह नगरी निस्वार्थ रूपमा पूँजी बजारको बिकास र बिस्तारको लागि आमरण अनशन बस्नु उहाहरुको माहानता हो । यसको सबैले सम्मान र सहयोग नै गर्नुपर्छ ।
७- संस्थागत रूपमा नभने पनि व्यक्तिगत रुपमा भने पनि बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा ब्रोकर एसोसिएसन रुष्ट छ , किनकि आफुले खाइपाइ आएको कुरा कटौती होस् भन्ने कोहि पनि चाहादैन । यो मानिसको मानवीय स्वभाव पनि हो ।
८- केहि साथीहरूको प्रस्तुतिमा अलि तँ-तँ र म मको भाव झल्कियो । सार्वजनिक रूपमा प्रस्तुत हुँदा तथ्य र आंकडासहित शालीन भाषामा प्रस्तुत हुदा झन तपाईको नै गरिमा बढाउने हो । अरुलाइ सम्मान गर्नुभयो भने मात्र तपाईलाई अरुले पनि सम्मान गर्छ ।
९- दवाब समूहले राखेका मागहरु कसैको पनि व्यक्तिगत हितका लागि होइनन् । सम्पूर्ण लगानीकर्ता साथीहरूको हित र पूँजी बजारको बिकास र बिस्तारको लागि नै हो । यदि यी मागहरू पूरा भइ कार्यन्वय भए भने नेपाली पूँजी बजारमा ‘न्यु एरा ‘को शुरूवात हुनेछ ।
१०- कसै सग बैरभाव उत्पन्न गरी ‘म जस्तो जान्ने सुन्ने अरु कोहि छैन , हरेक कामको क्रेडिट मैले नै लिनुपर्छ’ भन्ने भावना कसैको मनमा छ भने त्यस्तो भावना त्यागी निस्वार्थ रूपमा सबै सग सहकार्य , समन्वय , एकता , मित्रभाव कायम गरी हातमा हात , काधमा काध , साथमा साथ मिलाइ एकताबद्ध भइ हिड्नुको विकल्प छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्