काठमाडौं – “नेपाली जनताको बैंक,जनता बैंक” ले समकालिन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुनेगरी निक्षेपमा दिइने ब्याजदरमा समायोजन गरेको छ ।
आज बैंकले एक प्रेस विज्ञप्ती जारी गदै जनता बैंकको मुद्दती निक्षेपमा रकम जम्मा गर्ने ग्राहकहरुले अहिलेसम्मकै सर्बाधिक ब्याज पाउने भएका छन् । सुरक्षित लगानी,उच्च प्रतिफलको स्लोगनमा मासिक ब्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर कायम गरिएको हो ।
यस मुद्दती योजनामा ग्राहकहरुले आफ्नो खातामा न्यूनतम रु. १ लाख जम्मा गर्नु पर्नेछ । १२ प्रतिशत ब्याज पाउन भने न्युनतम ७५ दिन वा सो भन्दा बढी समयको लागि मुद्दती खाता खोल्नु पर्नेछ । यो योजना सिमित अबधिको लागि मात्र ल्याईएको बैंकले जानकारी दिएको छ । यस्तो व्यवस्था ब्यक्तिगत निक्षेपमा मात्र लागु गरिएको बैकको भनाई छ ।
यो ब्याजदर मंसिर १९ गतेदेखि लागु हुने बैंकले जनाएको छ । साथै बैंकको सम्पूर्ण बचत खाताको बार्षिक ब्याजदर भने ७ प्रतिशत कायम गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्