×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्नरिङको पोल खुलेपछि एकैदिन २२१ रुपैयाँले घट्यो चन्द्रागिरीको भाउ, ठुला खेलाडीको सेयर बेचेर भाग्ने दाउ !

PRIME CA

कर्नरिङको पोल खुलेपछि एकैदिन २२१ रुपैयाँले घट्यो चन्द्रागिरीको भाउ, ठुला खेलाडीको सेयर बेचेर भाग्ने दाउ !

अर्थ सरोकार

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कर्नरिङको पोल खुलेपछि चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य एकैदिन २२१ रुपैयाँले घटेको छ । नेप्सेका अनुसार कम्पनीको सेयर मूल्य ९ दशमलव १७ प्रतिशतले घटेर  २ हजार १८८ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मुल्य कर्नरिङ गर्दै ठुला लगानीकर्ताले प्रतिकित्ता झन्डै ३ हजारसम्म पुर्याएका थिए। 
तर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ११ लाख २० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेसँगै सेयर मुल्यमा भारी गिरावट आएको छ । सेयरको भाउ घटेसँगै अहिले ठुला खेलाडी  आफूसँग भएको सेयर बिक्री गरेर बाहिरिने दाउमा छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: