काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको सर्वाेच्च पदमा पुग्नै लाग्दा निकै विरामी परे । विरामी ओलीलाई बैंककदेखि सिंगापुरसम्म उपचार गराउँदा नेपाल सरकारबाट ठुलै रकम लिने आङछिरिङ शेर्पा यतिबेला ओलीको बेडरुमसम्म पुग्ने एक्ला ब्यक्ति हुन् ।
दीपक अमात्यलाई पर्यटनमन्त्रीबाट हटाएर आफ्नै नातेदार कृपासुर शेर्पालाई पर्यटन तथा नागरिक उड्यनमन्त्री बनाएका शेर्पा ओली सरकारका अघोषित पर्यटन तथा नागरिक उड्यनमन्त्री हुन् । नेकपाभित्र बामदेव गौतम निकट मानिने पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अघिकारीभन्दा उनी मन्त्रालयभित्र शक्तिशाली सावित भएका छन् ।
यसको पछिल्लो उदाहरण हो नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेलको नियुक्ति । विभागीय मन्त्री अधिकारी सुगतरत्न कंसाकारलाई अप्ठेरोमा पार्ने मनस्थितिमा थिएनन् । तर शेर्पाको योजनामा प्रधानमन्त्री ओलीले विभागीय मन्त्रीलाई थाहा नै नदिई २९ भदौमा खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरे ।
नेपाल बायुसेवा निगमले दुई वटा वाइडबडी विमान भर्खरै भित्राएको छ । अन्नपूर्ण नाम दिइएका वाइडबडी विमान सञ्चालनमा अवरोध गर्ने उदेश्यका साथ हवाई माफियाले खरेललाई अध्यक्षमा नियुक्ति गर्ने योजना बनाएका थिए । विभागीय मन्त्रीलाई थाहा नै नदिई उनको नियुक्ति मन्त्रीपरिषदको बैठकबाट भइसकेको छ ।
हवाई माफियाले जहाज खरिदमा सुगतरत्न कंसाकार नै नेवानिको कार्यकारी पदमा रहँदा चलखेल गर्न नपाइने अवस्था देखेपछि उनीहरुले आफ्नो स्वार्थका लागि खरेल ल्याउन प्रधानमन्त्री ओलीलाई भेटेर बारम्बार दबाब दिएका थिए। तर, मन्त्री अधिकारी भने कंसाकारलाई कार्यकारी पदबाट हटाएर निगममा अर्को व्यक्ति ल्याउने सोचमा थिएनन्।
प्रधानमन्त्री ओलीको बेडरुमसम्म पुगेर उनीहरुले संस्कति, पर्यटन तथा नागरिक उड्यनमन्त्रालय चलाईरहेका छन् । मन्त्रालयका कतिपय नियुक्ति र निर्णय प्रधानमन्त्रीले सोझै गराउन थालेका छन् । आफुलाई थाहा नै नदिई आफ्नो मन्त्रालयका काम प्रधानमन्त्रीबाट सोझै हुन थालेपछि विभागीय मन्त्री अधिकारी दिक्दारीमा परेका छन् । तरपनि ओलीसँग उनी केही बोल्न सकेका छैनन् ।- यस काठमाडौँबाट
- यसअघिकोको पोष्टमा गलत व्यक्तिको फोटो परेकोमा सच्याइएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमा चाहान्छौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्