
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले एनसेलको अर्को टावरमाथि अागजनी गरेका छन् । राज्यलाई सबै कर तिर्न अानाकानी गरेको भन्दै नेकपाले एनसेलमाथि चरणबद्ध हमला गरिरहेको छ ।
विहीबार साँझ बागलुङको काठेखोला गाउँपालिकाको घोडाबानेमा रहेको एनसेलको टावरमा नेकपाका कार्यकर्ताले अागजनी गरेका हुन् । आगजनीबाट उक्त टावर ध्वस्त भएको बताईएको छ ।
राज्यलाई बाँकी कर तिर्न दवाव दिन यसअघि नेकपाले फागुन १ गते देशभरका तीन दर्जन टावरमा अागजनी गरेको थियो । एक वर्ष पहिले पनि नेकपाले चेतावनी स्वरुप केही टावरहरुमा अागजनी गरेको थियो । त्यसपछि एनसेलले सम्पूर्ण बाँकी कर तिर्ने प्रतिवद्धता गरेको थियो । एक वर्षसम्म पनि बाँकी कर नतिरेपछि नेकपाले पुनः अागजनी सुरु गरेको छ ।
एकिकृत जनजागरण अभियान चलाएको नेकपाले जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरहरुमा अागजनी गरेको थियो । तत्काल बाकी कर तिर्न एनसेललाई नेकपाले आग्रह पनि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्