- अर्थ सरोकार सम्बाददाता
अर्थ सरोकारको समाचारपछी सुध्रीदै रेष्टुरेन्टहरु, तर नियम मिच्नेलाई भएन कार्वाही !
यसो त भ्याट नियमावली अनुसार भ्याट बाहेकको मूल्य तोकेर मेनु राख्न नपाइने नियम रहेको र काठमाडौँका विभिन्न रेष्टुरेन्टहरुले ‘गैरकानुनी’ रुपमा मेनु बनाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि विभिन्न रेष्टुरेन्टहरुले मेनु सच्याएका समेत छन् । तर कानुनको खिल्ली उडाएर मनपरी गर्ने त्यस्ता रेस्टुरेन्टहरुलाई सम्बन्धित निकायले कार्वाही भने गर्न सकेको छैन ।
यस विषयमा सिद्धार्थ कटेजका कर्मचारीलाई सोध्दा उनीहरुलाई यस विषयमा केहि पनि थाहा नभएको बताएका छन् । ‘खोइ सर ! हामीलाई त यस विषयमा थाहा नै छैन ।’ सिद्धार्थका एक कर्मचारीले रेस्टुरेन्ट पुगेका अर्थ सरोकारकर्मीसँग भने, ‘तल काउन्टरमा गएर बुझ्नुपर्ला ।’ यता काउन्टरका कर्मचारीहरुले समेत आफुहरुलाई यस विषयमा थाहा नभएको र कम्पनी भ्याटमा दर्ता भएकाले भ्याट बिल अनुसारको रकम दिने र भ्याट कर कार्यालयमा गएर बुझाउने गरेको बताए ।