×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीसो मुस्ताङमा पनि उदायो तातो सुर्य, एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचन बिजयी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चीसो मुस्ताङमा पनि उदायो तातो सुर्य, एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचन बिजयी !

२१ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- चीसो मुस्ताङमा तातो सूर्य उदाएको छ । अर्थात मुस्ताङमा एमालेले विजय हाँसील गरेको छ ।  गत मंसिर १० गते भएको निर्वाचनको मत परिणाम अनुसार एमालेका उम्मेदवारले मुस्ताङबाट जितेका हुन् । 
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सिताराम शर्माका अनुसार मुस्ताङको प्रतिनिधि सभामा एमालेको उम्मेदवार विजयी भएका हुन् । प्रेम प्रसाद तुलाचनले ३५ सय ४४ मत ल्याउँदा काँग्रेसका रोमी गौचनले ३१ सय ८१ मत ल्याएका छन् । 
यता प्रदेश तर्फ एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्टले ११ सय ६७ मतका साथ विजयी भएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी