
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले सरकार इमान्दार पत्रकारसँग डराएर लोकतन्त्रको खिल्ली उडाइरहेको बताएका छन् । आज विहान रेडियो मिर्मिरेको एक कार्यक्रममा बोल्दै उनले समाचार लेख्ने पत्रकारलाई सरकारले धम्की दिने काम गरेको भन्दै यसले लोकतन्त्रको धज्जी उडाएको बताएका छन् ।
‘कुन पत्रकारले कुन नियम मिचेर काम गरे ? म त्यो देखाउन चुनौती दिन्छु ।’ अध्यक्ष चलाउनेले भने, ‘सामान्य अवस्थामा सामाचार लेख्दालेख्दै पक्राउ गरिएको छ । अध्यापन कार्यमा लाग्नुभएका केहि पत्रकार साथीहरुलाइ लेख्दा लेख्दै गिरफ्तार गरिएको छ । समाचार लेखेकै भरमा समात्ने तर सार्वजनिक अपराधको मुद्धा चलाउने काम भएको छ । यो भन्दा ठुलो विडम्बना के हुन सक्छ ? ‘
कार्यक्रममा बोल्दै उनले नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व र मानव अधिकारकर्मीहरुलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरे । ‘गत निर्वाचनमा पनि ५६ दिनसम्म हिरासतमा राख्ने काम भयो पत्रकारलाई । यो भन्दा निन्दनीय के हुन सक्छ ?’ उनले प्रश्न गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्