
खोटाङ – वाम गठबन्धन पार्टीको एकतालाई सफल बनाउन भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय बासिन्दाले एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई एउटै माला लगाइदिएका छन् ।
वाम गठबन्धनलाई निरन्तरता दिँदै सम्पूर्ण कम्युनिष्ट पार्टी एकतालाई सफल बनाउन आह्वान स्वरुप दोर्पाचिउरी डाँडाका समर्थक र शुभेच्छुकले गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका एमाले वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, क्षेत्र नम्बर (ख)बाट प्रदेशसभाका उम्मेदवार तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार राई, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व सभासद समिता कार्की, एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा पूर्व सभासद उषाकला राई, वाम गठबन्धन क्षेत्र नम्बर ९ख०का संयुक्त चुनाव परिचालन समितिका संयोजक तथा एमाले जिल्ला उपाध्यक्ष राम दंगाल लगायतलाई सयपत्री फूलको एउटै माला लगाइदिएका हुन् ।
दोर्पाचिउरीडाँडाको खावाडाँडामा आयोजना गरेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयररउपमेयरलाई सम्मान, गरिब घर परिवारलाई छाना वितरण एबं बृहत साँस्कृति कार्यक्रमका अवसरमा वाम गठबन्धनका नेता तथा उम्मेदवारलाई विगतका तिक्तता भुल्दै भावनात्मक एकताका लागि स्थानीयले एउटै माला लगाइदिएका हुन् ।
चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रका नेताहरुलाई चुनावपछि पार्टी एकीकरण गरेर एउटै पार्टी बनाउनका लागि दबाब दिन एउटै माला लगाइ दिएको स्थानीय लाली गुराँस टोल विकास समितिका अध्यक्ष गुणराज बुढाथोकीले बताए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्