Skip to content
LAXMI SUNRISE BANK

सिट बाँडफाँटमा सकसः बार्गेनिङ गर्दै ‘बागी’

अर्थ सरोकार

वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेश निर्वाचनको दोस्रो चरणका लागि उम्मेदवार मनोनयन गर्ने दिनभन्दा केही अघि मात्र सिट बाँडफाँट सार्वजनिक गर्ने भएको छ । 
सिट बाँडफाँटसहित नाम सार्वजनिक गर्दा विभिन्न जिल्लमा विवाद उत्पन्न हुनसक्ने भन्दै गठबन्धनले अन्तिम समयमा मात्र नाम सार्वजनिक गर्ने रणनीति बनाएको हो । 
क्षेत्र निर्धारण र सिट बाँडफाँट निर्णय पहिल्यै गरे पनि सार्वजनिक गर्न ढिलाई हुनेछ । 
१३ गतेअघि सिट बाँडफाँट सार्वजनिक हुँदैन, गठबन्धनको आन्तरिक छलफलमा सहभागी एक नेताले भने, बिभिन्न जिल्लामा असन्तुष्टि देखिने भएकाले सिट बाँडफाँटबारे अन्तिम समयमा सार्वजनिक गर्ने नीति छ । 
बार्गेनिङ गर्दै बागी 
त्यस्तै जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी स्वतन्त्र उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहलाई फकाउन पार्टीले अनेक प्रयास गरेको छ । 
तर, मंगलबार साँझसम्म उनी गलेका छैनन् । 
बरु उनले बार्गेनिङ पावर बढाउँदै भन्ने गरेका छन् मेरो स्थान कहाँ हो, देखाईयोस्, बस्न तयार छु ।, यो खबर आजकोनागरिकमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK