
- प्रताप शर्मा
जब प्रशस्त अन्न उब्जनी हुन्छ, आफूसँग जमिन जोत्ने गोरुहरु पर्याप्त हुन्छन् र आफ्ना सबै खेती बालीहरु हरियाली हुन्छन । प्रसङ्ग पनि उस्तै उस्तै र मर्म पनि उस्तै उस्तै आखिर शिक्षक निजी विद्यालयका त्यस्तै पात्र हुन् त ? निजी क्षेत्र वास्तवमा बेरोजगारहरुको मलहम हो भन्दै बहस गर्ने माफियाहरुको आधारभुत धरातल के हो ? नेपाली शिक्षा प्रणालीमा गुणस्तरको चर्चा गर्ने निजी विद्यालयहरु के आफैँमा सक्षम छन्, यो आफैँमा सोचमग्न विषय हो ।
आज नेपालमा सफल रुपमा स्थापित र व्यवसायीक रुपमा लाभ प्राप्त गर्न शिक्षा व्यवसाय रोज्नुपर्ने आवश्यकता रहन्छ । शिक्षा प्राप्त गर्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो र शिक्षालाई पवित्र सेवाका रुपमा हेर्ने गरिन्छ तर यसै शिक्षा सँग अनेकौ व्यापारिक महत्वका विषयहरु जोडिएका हुन्छन् र यसका बारेमा अभिभावक बेखबर र अनभिज्ञ रहन्छन् ।
आफ्नो नानी बाबुहरुको सफलतालाई प्राप्ताङकका आधारमा हेर्ने अभिभावकहरु, उनीहरुको सफलतामा लाखौँ खर्चन सक्ने र खर्चने अभिभावकले साच्चै त्यो गुणस्तरको मुल्याङ्कन गर्नु भएको छ त ?
निजी विद्यालयका सञ्चालकहरु आफूलाई मालिक र शिक्षकलाई रैती सिवाय अरु केही सोच्दैनन् । विद्यार्थीको चेतना अभिबृद्धि गर्ने शिक्षक, गुणस्तर, सीप, कला, अनुशासन र क्षमता अभिबृद्धि गर्ने शिक्षक र अन्त्यमा विद्यार्थीको सफलताको जस लिदैँ व्यापार गर्ने संचालक माफियाहरु । जग्गा भाडामा लिएर कुखुरा पाल्ने जस्ता कटेरा निर्माण गर्ने र सोझा-साझा नेपाली जनतालाई झुक्काएर, ठगेर र विबश बनाएर कमाउ धन्दा सञ्चालन गर्ने स्थानलाई व्यापारिक थलोको रुपमा परिभाषित गर्ने कि विशुद्ध सेवा ?
श्रमिकको रुपमा शिक्षकको क्रियाशिलतालाई प्रयोगात्मक दुरुपयोग गरिन्छ । क्रियाशिलतालाई प्रयोगात्मक दुरुपयोग गरिन्छ । उसको बल, वंश र उमेरलाई केबल उपयोग गरिन्छ र गलाएर सडाइन्छ । त्यसैले शिक्षक सधैँ माफियाको एजेन्ट मात्र होइन, कि माफिया बन्ने प्रयत्न गर्नुपर्दछ कि यहाँ व्याप्त शोषणका विरुद्ध पुन जीवन उत्सर्ग गर्ने संकल्पका साथ शैक्षिक विद्रोहको वातावरण बनाउनु पर्दछ । यी दुई विकल्प सिवाय अरु कुनै रहदैँन ।
नेपालको सन्दर्भमा शिक्षक यस्तो श्रमिक हो जसको शारिरीक र मानसिक दुबै ढङ्गबाट शोषण गरिएको हुन्छ । विचरा त्यो शिक्षक बाध्यताले गुलामी र दासी भइरहेको हुन्छ । हिजोका ति साइलीका भट्टी भेटिने हर्के र बिर्खेहरु आज प्रधानाध्यापक भएछन् । दलाल, तस्कर र सामाजिक नैतिक पतन भएकाहरु आज निजी विद्यालयका संचालक भएछन् । यस्ता व्यापारीहरुलाई केबल नाफा-घाटा बाहेक अरु कुराको लेखा जोखा हुदैन।
सेवाका नाममा जनताहरु लुट्टरिहँदा सरकार लाचार र बेखवर जस्तो बनिरहेको छ र व्यापार दिन दुई गुना रात चौँ गुना विकाश भइरहेको छ किन कि बिर्खेहरुको शासन सत्ताका रैथानेहरु सँग सुमधुर सम्बन्ध र आर्शिवाद छ । यो व्यापार मौलाउदैँन थियो भने ती हर्के, विर्खे र फुलमायाहरु विना शैक्षिक योग्यता बङ्गला र पजेरो गाडी चढदैनथे होलान् ? हामी औषधोपचार गर्दा बार्गेनिङ्ग गर्देनौ नानी बाबुको भर्ना र मासिक शुल्क बुझाउदाँ बार्गेनिङ्ग गर्दैनौ किनकी हामी सेवा सोच्दछौँ, धर्म मान्दछौँ त्यसैले हामीले यो मौलाँउदो व्यापारलाई , व्यापार नै भनेर किटान साथ बस्पष्ट हुन सकिरहेको छैनौँ ।
6.विद्यालयमा सञ्चालित विभिन्न क्रियाकलाप र गतिविधिबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्राप्त हुने मुनाफा यहाँ प्रश्न राज्यले छुट दिएको शैक्षिक व्यापारको सधैँ एजेन्ट बन्ने वा आफू पनि तीनै व्यापारीहरु सँग हातेमालो गर्दै उनीहरु सँगै लामबद्ध हुने भन्ने हो । यी विर्खे, हर्के र फुलमायाका झुण्डहरुसँग राजनैतिक संरक्षण छ, खुल्ला र उदार बजार नीतिमा यीनीहरुकै बोलबाला छ, त्यसै यस्तो सम्मानित, सजिलो र भरपर्दो शैक्षिक व्यापार गर्ने कि नगर्ने भन्ने प्रश्न हो । देश अनुशारको भेष धारण गर्ने पर्दछ र रिती अनुसारको नीतिमा चल्नै पर्छ । शिक्षक सधैँ माफियाको एजेन्ट मात्र होइन, कि माफिया बन्ने प्रयत्न गर्नुपर्दछ कि यहाँ व्याप्त शोषणका विरुद्ध पुन जीवन उत्सर्ग गर्ने संकल्पका साथ शैक्षिक विद्रोहको वातावरण बनाउनु पर्दछ शिक्षालाई व्यापारिक दृष्टिकोणबाट व्यवसाय अन्तर्गत वर्गीकरण गर्ने या नगर्ने सोचौँ र विश्लेषण गरौ के यो व्यापार र ब्रहृमलुट होइन ?
१. कमिशनका आधारमा शैक्षिक पाठ्यपुस्तकको छनौट गर्नु
२. पोशाकबाट प्राप्त हुने कमिशन विहान देखि बेलुका सम्म निरन्तर कक्षा पढाउन पठाएर एक दुई पिरियड लिजर दिएर कक्षाकोठामा गुन्द्रुक खाँडदा झै खाडेर गुणस्तरको दुहाई दिने सञ्चालक माफियाहरु आन्धा छन् या बहिरा । यूरोपियन र अमेरिकन शिक्षा पद्धतिको मार्ग पछ्याउदैँ गरेको भनेर बहस गर्ने माफियाहरु कहाँका उपज हुन र उनीहरु सँग त्यस्तो के अलौकिक शक्ति छ । गुणस्तरकै कुरा गर्ने हो भने शैक्षिक विधि र शिक्षण प्रविधि सँग सँगै चल्नुपर्ने आवश्यकता हुन्छ । शुन्य प्रविधिका बीच शैक्षिक विधिको स्थापना हुन सक्दैँन ।
३ .ट्यूसन, कोचिङ्ग र अतिरिक्त कक्षाबाट हुने मुनाफा
४ .स्टेशनरीका बस्तुबाट हुने मुनाफा
५ .विद्यालयमा सञ्चालित क्यानटिनबाट हुने मुनाफा
बर्षेनी हजारौँ युवाहरु स्नातकोतर पश्चात त्रिभुवन विश्वविद्यालयको सर्टिफिकेट बोकेर तिनै विर्खे र फुलमायाहरुलाई अभिवादन गर्न पुग्दछ, यो बेरोजगार नेपाली युवाहरुको पीडा हो, यही बाध्यता र विवशतालाई विर्खे र फूलमायाले आफ्नो बौद्धिकता र आफ्नो सर्वोपरि ठान्दछन् । तर, कदापि सहर्षले र स्वतन्त्र रुपले नेपालमा नेपाली नै भएर दोस्रो दर्जाको नागरीक हुन उनीहरुको संस्थामा कामदार हुन गएका होइनन् । आफ्नो क्षमता हुदाँ हुदैँ रोजगारीका निम्तिआत्मसम्मान बेच्नुपर्ने यो बाध्यताले विगत देखि नै आन्दोलन र द्वन्द्धको बीउ रोपेको छ र विकशित रुपमा पेचिलो बनेर पुनः विर्खेहरुका विरुद्ध असन्तुष्टि जन्माइरहेको छ ।
यो शैक्षिक प्रणाली, विर्खेहरुको व्यवसाय र शिक्षक माथिको दलानलाई माकर्सवादी दृष्टिकोणका आधारमा विश्लेषण गर्दा विर्खे र फूलमायाहरुको पतन र नयाँ शैक्षिकनीति र गुणस्तर निर्माणको निम्ति पुनः जनताको सचेत र जागरुक पहलकदमी जरुरी र आवश्यक छ । फूलमायाहरु, शिक्षकहरु र अभिभावकहरुको त्रिकोणात्मक सम्बन्धका आधारमा विशलेषण गर्ने हो भने शिक्षक र अभिभावक लुटिएका छन्, कमाउ धन्दामा लागि गरेका फूलमायाहरु मोटाएर फर्सी भएका छन् । अभिभावक लगानी गर्दछ र लगानी अनुसारको परिणाम नआए क्रोध व्यक्त गर्दछ । विचरा अभिभावक उसलाई के थाहा, शिक्षक त एक ऐजेन्ट मात्र हो भनेर नबुझ्दा नबुझ्दै सोझो रुपमा शिक्षक दोषी ठहरिन्छ ।
अभिभावकलाई ग्राहक, शिक्षकलाई रैती र विद्यालयलाई व्यापारिक थलोको रुपमा स्थापित गर्दे हजारौ हर्के, विर्खे र फूलमाया उत्पादन गर्न कानूनले बन्देज लगाओस् । राष्ट्रिय महत्वका विषयमा सरकारी नियन्त्रण रहोस् । यी व्यापारीका निम्ति ठोस मापदण्ड विकसित होस र नयाँ शैक्षिक संरचना र विकाशको अवधारणा व्यवहारत लागु होस । राष्ट्रले समयमा ध्यान पुर्याशओस्, आजको युगमा शैक्ष्कि विकाश विना आर्थिक विकाश र देश विकाश असम्भव छ । मुनाफा केन्दि्रत बजारमा शैक्षिक संस्थालाई राखिएमा राष्ट्र विकाश र व्यक्ति राष्ट्र प्रति जिम्मेवार हुन सक्दैन भन्ने ठम्याइ हो ।
समाज विकाशको सिद्धान्त र मानव चेतना अनुरुप निरन्तर यहाँ सोझा अभिभावक लुट्टरिहन्छन् । बुझेका अभिभावक पनि बाध्य र विवश भइरहन्छन् । किनकि बुझक्कड अभिभावक सँग पनि विर्खेको विकल्प रहदैँन । कति विवश, बाध्यता र गम्भीर छ त्यो शिक्षकको पेशा, दिनको चौबिस घण्टामा १६ घण्टा उसैको काममा लाग्नु पर्ने त्यसै माथि निम्न पारिश्रमिक, मेरो प्रश्न यस्तो दलानबाट किन विद्रोह निस्कन सक्दैँन के यो श्रमिक मापदण्ड विपरीत हैन, आठ घण्टा आराम-आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको श्रमिक नारा विरुद्ध छैन । यसका विभिन्न कोणहरुको अध्ययन जरुरी छ ।
सोच-विचार र व्यवहारमा संकिर्ण ती विर्खे र फूलमायाहरुले के साच्चै शैक्षिक परिवर्तन गर्लान् ? यिनीहरुलाई शैक्षिक विद्धता र अधयेताको उपमा प्रदान गर्ने या नगर्ने यो सोचमग्न विषय हो ? निम्न चेतना स्तर र नेपाली पछ्यौटेपन, नीति-नियम र कानूनका दायराहरु साँघुरो हुनु र नेपाली समाजमाव्याप्त माफियातन्त्रले गर्दा निरन्तर शैक्षिक विकाशको दृष्टिकोण ओराली लागिरहेको छ ।
शैक्षिक सबालमा विद्यार्थीलाई सबल र ओझिलो बनाउनु पर्ने दायित्व निर्वाह गर्ने या नगर्ने ? परीक्षा अगावै त्यही प्रश्नपत्रमा विद्यार्थीलाई रटान लगाएर अभिभावकलाई खुसी मात्र बनाउने कि विद्यार्थीको चौतर्फी विकाशका लागि केही कदमहरु चाल्ने, यो महत्वपूर्ण प्रश्न आजका शिक्षाविद्धहरुलाई हो । विद्यार्थीको बौद्धिक र रचनात्मक क्षमता परिक्षण गर्ने पुरानो मापदण्ड के आजको विकसित र विश्व प्रभावी समाजमा उपयुक्त र समय सान्दर्भिक छ त ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्