काठमाडौँ। नेपालको विदेश नीति अर्थात् ‘Nepal’s Foreign Policy’ नामक पुस्तक औपचारिक रूपमा सार्वजनिक भएको छ। काठमाडौँस्थित तिनकुनेमा रहेको रोयल व्याङ्क्वेटमा फागुन १ गते ‘Nepal’s Foreign Policy’ नामक पुस्तक औपचारिक रूपमा सार्वजनिक भएको हो।
यसको नेतृत्व नवप्रवर्तन अर्थशास्त्री डा. शम्भु पोखरेलले गरेका थिए। कार्यक्रममा कूटनीतिज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेखनीय उपस्थिति थियो। पुस्तकमा बहुआयामिक दृष्टिकोणबाट नेपालको विदेश नीति, भू-राजनीतिक अवस्था, क्षेत्रीय शक्ति सन्तुलन, आर्थिक कूटनीति, र बदलिँदो अन्तर्राष्ट्रिय संरचनामा नेपालको भूमिकाबारे विश्लेषण प्रस्तुत गरिएको छ।
उक्त पुस्तक समकालीन विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीतिको दिशा, चुनौती र अवसरबारे केन्द्रित रहेको छ। कार्यक्रममा वक्ताहरूले पनि पुस्तकले नीति निर्माण प्रक्रियामा बौद्धिक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । ‘अबको कूटनीति केवल राजनीतिक मात्र होइन, आर्थिक र रणनीतिक पनि हुनुपर्छ,’ भन्ने धारणा कार्यक्रममा व्यक्तहरूले गरेका थिए। योसँगै कार्यक्रममा ‘नेपाल भिजन २०३६’ अन्तर्गत नेपाललाई करिब १ ट्रिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र बनाउने लक्ष्य पनि राखिएको थियो । कार्यक्रममा ‘अबको क्रान्ति आर्थिक क्रान्ति’ भन्ने सन्देशलाई विशेष रूपमा जोड दिइएको थियो।
यो ब्लूप्रिन्ट (रणनीतिक योजना) ले नेपाललाई रेमिटेन्समा आधारित उपभोगमुखी अर्थतन्त्रबाट उत्पादन, नवप्रवर्तन र उद्योगमा आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
योजनाका प्रमुख आधारहरू
नेपाललाई प्रविधि र स्टार्टअप केन्द्रका रूपमा विकास गर्ने, डिजिटल अर्थतन्त्र विस्तार गर्ने, र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। कृषिमा आधुनिक प्रविधि प्रयोग, मूल्य श्रृंखला विकास, र निर्यातमुखी उद्योग विस्तारमा जोड दिइएको छ। त्यस्तै, जलविद्युत उत्पादन विस्तार, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, तथा सडक, यातायात र डिजिटल पूर्वाधार सुधार गर्ने योजना पनि समावेश गरिएको छ। नेपालको भौगोलिक अवस्थालाई उपयोग गरी विदेशी लगानी भित्र्याउने, व्यापार साझेदारी विस्तार गर्ने र निर्यात बढाउने रणनीति छ। सँगै, व्यवसाय गर्न सजिलो वातावरण बनाउने, कानुनी सुधार गर्ने र भ्रष्टाचार नियन्त्रणमा ध्यान दिने प्रस्ताव गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले अब राजनीतिक परिवर्तनभन्दा बढी आर्थिक रूपान्तरण आवश्यक रहेको बताएका छन्। युवालाई देशमै अवसर सिर्जना गर्नुपर्ने, रोजगारी वृद्धि गर्नुपर्ने र उत्पादनशील अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो। ‘रुपान्तरण नेपाल’ कार्यक्रमले नेपाललाई २०३६ सम्म समृद्ध, आत्मनिर्भर र नवप्रवर्तनमुखी राष्ट्र बनाउने दीर्घकालीन खाका प्रस्तुत गरेको छ। हेर्नुहोस् कार्यक्रमका खास झलक:





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्