- अर्थ सरोकार सम्बाददाता
दुइपटक त भएन कारवाही यसपाली के होला ?
यसअघि गुणस्तरहीन सिमेन्ट बेचेको र ब्याच नम्बर नराखी कम तौल भएको सिमेन्ट बेचेको प्रमाण सरकारी अनुगमन टोलीले फेला पारेको थियो । तर सामान्य पत्र पठाउने र शिवम् सिमेन्टले गैरजिम्मेवार उत्तर पठाउने बाहेक केहि पनि काम भएन । यसपाली पनि शिवम् सिमेन्टले ठगी गरेको प्रमाण फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको संयुक्त बजार अनुगमन टोलीले सिमेन्ट दिलार्हरुमा अनुगमन गर्दा शिवम् सिमेन्टमा प्रतिबोरा ८ किलो कम सिमेन्ट पाएको छ ।
‘सेटिङ’मै रोकिन्छ कारवाही !
‘यसअघिपनि शिवम् सिमेन्टले ठगी गरेको प्रमाण फेला परेको थियो । तर शिवम् सिमेन्टलाइ देशको कानुन लाग्दैन ।’ शिवम् मै काम गर्ने एक कर्मचारी भन्छन्, ‘तपाईंहरुले जति समाचार लेखेपनि केहि हुनेवाला छैन । सबैकुरा ‘सेटिङ’मै हुन्छ । सम्बन्धित ठाउँमा पैसा खुवाएर शिवम् हरेक पटक कारवाहीबाट जोगिएको छ र यसपाली पनि जोगिन्छ । कारवाही गरिनै हाल्यो भने पनि ‘तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु’ गर्ने काम मात्र हुन्छ । उनका अनुसार अनुमगनले फेला पार्यो भने के गर्ने भन्ने कुरा शिवम् का कर्मचारीहरुलाई राम्रोसंग तालिम दिइएको छ । उनी अगाडी भन्छन्, ‘तपाइलाइ थाहा छ ? शुक्रबार शिवम् सिमेन्टले ठगी गरेको एउटा समाचार देशको ठूलो पत्रिकाले छाप्यो । तर उक्त पत्रिकाको अनलाइन संस्करणमा उक्त समाचार हालेको १ घन्टामा नै हट्यो । अब बाँकी मैले केहि भन्नु पर्छ र ? त्यति ठुलो मिडिया त किन्दिन सक्छ हाम्रो कम्पनीले, ती मु* अनुगमन गर्नेहरुको के हैसियत छ र ?’